STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा ६ हजार र देशभर ११ हजार बढी संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार

काठमाडौं उपत्यकामा थप ६ हजार २ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ४६६६, ललितपुरमा १०१९ र भक्तपुरमा ५७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

याेसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम