STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा एकैदिन थपिए ६ हजार ९ सय ८१ जना कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ६, बिहिबार

काठमाडौं, माघ ६ - काठमाडौं उपत्यकामा थप ६ हजार ९ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ५००१, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

याेसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम