STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पीसीआर परीक्षण मूल्य सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार

५ माघ, काठमाडौँ -सरकारले कोरोना परीक्षण शुल्कमा परिमार्जन गरेको  छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा एक हजार पाँच सय अधिकतम शुल्क निर्धारण गरिएको हो ।

यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणका लागि एक हजार र निजीमा २ हजार रुपैयाँ तोकेको थियो।

यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै घटाउन निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले शुल्क परिमार्जन गरिएको जानकारी दिए।

Categorized in स्वास्थ्य-मौसम