STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १८, बुधबार

काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५४ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४३३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६८ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७० हजार ९२६ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम