STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा थप ९१२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २०, शुक्रबार

काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ९४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २९ जना र ३ हजार ५५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५५२५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५७ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ७६० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ७० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम