
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौँ - वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ ।
वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो ।
आईक्यू एयरका अनुसार शुक्रबार साँझ काठमाडौंको एक्यूआई ७७ रहेको छ । साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ । यसलाई वायु गुणस्तरमा मध्यम मानिन्छ ।
बिहान काठमाडौँ विश्वकै सातौं प्रदूषित सहर थियो।
बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ ।
विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।
Categorized in स्वास्थ्य-मौसम