STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ पौष २४, शुक्रबार

    काठमाडौंका विद्यालय माघदेखि खुल्ने

    काठमाडौं महानगरपालिकाले १ माघदेखि विद्यालय खोल्ने तयारी गरेको छ । ‘पुस महिनाभर  बिदा नै हो ।  माघदेखि खोल्ने कुरा भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘शिक्षा समितिको बैठकले निर्णय गर्छ । स्वास्थ्यको मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्छ भन्नेमा महानगर पुगेको छ ।’ उपत्यकामा अहिले पनि दैनिक ५ सयको हाराहारीमा संक्रमित भेटिरहेका छन् । अझै पनि संक्रमणको जोखिम कायम रहेकाले विद्यालय खोल्न...

  • २०७७ पौष १५, बुधबार

    खुल्यो कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई) को आवेदन फारम खुलाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण रजिष्ट्रेसन फाराम र आवेदन फारम बोर्डले ढिला गरी खुलाएको हो ।  १६ पुसदेखि २१ माघसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ । ‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौं’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षा कसले गर्ने निर्णय...

  • २०७७ पौष १, बुधबार

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल खोल्न नहुने ठहर

    कोभिड–१९ संक्रमणको जोखिमका  का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौँ महानगरपालिका शिक्षा विभागले आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।  छलफलमा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले...

  • २०७७ मङ्सिर २८, आइतबार

    शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

    सुर्खेत - आइतबार सुर्खेतकाे एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले विद्यार्थी, अभिभावक, शिक्षक सबै डराएका छन् ।  कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनीहरु सबै होम आशोलेनमा रहेका छन् ।  पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माध्यमिक विद्यालय, पलैटेका ११ जना...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    पुस १ देखि भक्तपुरका विद्यालयहरु आलाेपालाे खुल्ने

    भक्तपुर – भक्तपुर नगरपालिकाले पुस १ गतेदेखि आफ्नो नगर क्षेत्रभित्रका विद्यालयहरु आलाेपालाे चलाउने निर्णय गरेकाे छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिले नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई माथिल्लो कक्षातर्फ ८, ९ र १० कक्षा आलोपालो गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो। माथिल्लो तहका तीनवटा कक्षा आलोपालो सञ्चालन गर्न गराउन शिक्षा विज्ञान तथा...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    विद्यालय सञ्चालन भएकाेमा स्वास्थ्य मन्त्रालयकाे आपत्ति

    काठमाडौं – मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। उनले घरमै बसिरहेका बालबालिकालाई समेत...

  • २०७७ मङ्सिर २१, आइतबार

    काठमाडौंको तारकेश्वरमा आजदेखि स्कुल खुल्याे

    काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाले आज आइतबारदेखि नगरभित्रका विद्यालय खुला गरेको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपालिकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए ।  कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको...

  • २०७७ मङ्सिर २०, शनिबार

    सरकारले गुपचुप राखेको प्रतिवेदन सार्वजनिक

    काठमाडौं - उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ का बहुमत सदस्यले आयोगको प्रतिवदेन सार्वजनिक गरेका छन्। २०७५ माघ १ गते प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनलाई सरकारले गुपचुप राखेपछि आयोगका पूर्व पदाधिकारीले शुक्रबार नेपालको पहिलो सार्वजनिक विद्यालय दरबार हाइस्कूलमा प्रतिवेदन सार्वजनिक गरेका हुन्। विद्यालय तहदेखि उच्च शिक्षासम्म सुधार गर्नुपर्ने विषयलाई आयोगले प्रतिवदेनमा समावेश गरेको छ।  आयोगका...

  • २०७७ मङ्सिर १९, शुक्रबार

    काठमाडौं महानगरपालिकाको स्थानीय पाठ्यपुस्तक तयार

    आफ्नो मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक काठमाडौं महानगरपालिकाले तयार गरेको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो ।  नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत...

  • २०७७ मङ्सिर १७, बुधबार

    त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । समस्या समाधानका लागि आयोगलाई पटक–पटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको...

  • २०७७ मङ्सिर १६, मंगलबार

    त्रिविका क्याम्पसहरुमा भौतिक रुपमै पढाइ हुने

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको प्रा.डा....

  • २०७७ मङ्सिर ७, आइतबार

    कक्षा १२ को परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह

    काठमाडौं – कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। बोर्डले केही...

Pages