STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ भाद्र २९, सोमबार

    काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै

    काठमाडौँ – विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना अथवा घर पनि पहिलेको अवस्थामा आउनेक्रम जारी नै छ । राजधानी काठमाडौँबाट पश्चिम क्षेत्र गोरखाको बारपाक...

  • २०७७ भाद्र २६, शुक्रबार

    विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट !

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा दिन लागिएकाे हो । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा...

  • २०७७ भाद्र २५, बिहिबार

    अनलाइन कक्षाकाे शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

    काठमाडौं – सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ यसअघि शिक्षा मन्त्रालयले अनलाइन...

  • २०७७ भाद्र १३, शनिबार

    अनेरास्ववियुले माग्याे वैकल्पिक माध्यमबाट परीक्षा

    काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ । अनेरास्ववियुले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई इमेलबाट २१ सूत्रीय मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्दै सिकाइ सहजीकरण निर्देशिका २०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिकसत्रकै अङ्ग बनाउन माग गरेको छ । ज्ञापनपत्रमा...

  • २०७७ भाद्र १३, शनिबार

    त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ...

  • २०७७ भाद्र १०, बुधबार

    त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले आफ्नो सम्पर्कमा...

  • २०७७ भाद्र ७, आइतबार

    ११ मा स‌ंकाय हटाइने • विद्यालय तहजस्तै भर्ना र परीक्षा हुने

    काठमाडौँ – एसईई पछि संकायअनुसार भर्ना भइरहेकाे स्थानमा अब कक्षा ११ मा संकाय हटाइने भएकाे छ ।  पहिलेकाे जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्काय भनी कक्षा ११ मा भर्ना लिन नपाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले जनाए अनुसार अब विद्यालयले सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न पाइँदैन । उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए । अब कक्षा ११ मा भर्ना...

  • २०७७ भाद्र १, सोमबार

    त्रिविको नियमित सेवा बन्द, घरबाटै काम गर्न निर्देशन

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना...

  • २०७७ श्रावण २९, बिहिबार

    परीक्षा पछि लिनेगरी नयाँ सेमेष्टर सुरु गर्ने त्रिविकाे तयारी

    काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा पछि अनुकूल समयमा लिने गरी अब माथिल्लो कक्षामा पढाउने तयारी थालेको छ । यसअघि भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत त्रिविले सार्वजनिक गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९ ) काे जोखिम बढ्दाे रहेकाेले त्रिविले परीक्षा स्थगित गरेको हो । त्यसैले अब परीक्षा सम्भव नभएपछि त्रिविले सेमेस्टरको अर्को कक्षा सुरु गर्ने भएको छ । ...

  • २०७७ श्रावण २९, बिहिबार

    त्रिविका परीक्षा तत्काल नहुने

    काठमाडौँ  – त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । “हामीले स्थिति सहज भएपछि परीक्षाको...

  • २०७७ श्रावण २८, बुधबार

    अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य

    काठमाडौँ – कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास तथा...

  • २०७७ श्रावण २७, मंगलबार

    भदौ १५ सम्म भर्ना अभियान बन्द हुने

    काठमाडौँ – कोराेना संक्रमणकाे जोखिम बढेसँगै सरकारले‍ भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि...

Pages