STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिभुवन विश्वविद्यालयमा छ सय संख्यामा जागिर खुल्याे

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ९, आइतबार

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ ।

आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन खुलाएको हो ।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरिएको छ । सबै खुलातर्फ हुन् ।

गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ।

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ।

https://vacancies.tuservicecommission.edu.np/teacheropen बाट पनि फारम भर्न सकिन्छ।

चैत १४ गतेसम्म फारम भर्नुपर्ने समयसीमा तोकिएको छ ।

Categorized in शिक्षा