STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ कार्तिक ६, बिहिबार

    सिटीईभिटीको परीक्षा ८ मंसिरबाट

    विराटनगर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने भएको छ । सिटीईभिटीले कोभिड–१९ का कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले...

  • २०७७ कार्तिक ५, बुधबार

    छठलगत्तै कक्षा १२ को परीक्षा हुने

    काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले छठलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि कार्यविधि स्वीकृति र समयतालिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गरिने भएको छ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत...

  • २०७७ आश्विन ३०, शुक्रबार

    शुल्क बढाएपछि विद्यालयमै अभिभावककाे प्रदर्शन

    काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मासिक शुल्क बढाएपछि विद्यालयमै पुगी अभिभावकहरुले विराेध प्रदर्शन एवं घेराउ गरेका छन् । अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् । महामारीको अवस्थामा विद्यालय पनि बाँच्नु पर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको...

  • २०७७ आश्विन २५, आइतबार

    ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने ?’

    काठमाडौँ – सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा समावेश गरेपछि विषयगत शिक्षकहरु शिक्षणको तयारीमा लागेका छन् । विषयगत शिक्षकले माथिल्लो कक्षासम्म पहिलो पटक उक्त विषय समावेश भएपछि आफूहरुलाई सरकारले प्रवोधीकरण छिटो गराउनुपर्ने आवाज उठाउँदै आफ्नो तहबाट पनि बहश र प्रशिक्षणमा जुटेका छन् । ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी पढाउने...

  • २०७७ आश्विन २२, बिहिबार

    उपप्राध्यापक कुटिएपछि प्राध्यापकहरु आन्दोलनमा

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । घटना भएको तीन दिनसम्म पनि अपराधि पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् । असोज २० गते...

  • २०७७ आश्विन २१, बुधबार

    बिजुली जाँदा अनलाइन पढ्ने विद्यार्थी हैरान

    काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा...

  • २०७७ आश्विन १९, सोमबार

    त्रिविको अनुसन्धानमूलक जर्नल प्रकाशित

    काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को आज भर्चुअलरुपमा लोकार्पण गर्नुभएको छ । त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित सो जर्नलमा कोभिडसम्बन्धी  १९ अनुसन्धानमूलक सामग्री छन् । मन्त्री पोखरेलले बन्दाबन्दीपछिको स्थितिमा अनलाइन कक्षा र अनुसन्धानका क्षेत्रमा त्रिविले गरेका कार्य उल्लेखनीय भएको बताउनुभयो ।...

  • २०७७ आश्विन १०, शनिबार

    केही समय विद्यालय नखोलाै‌ं : शिक्षामन्त्री

    काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र...

  • २०७७ भाद्र ३१, बुधबार

    अनलाइनको चर्को शुल्क असुल्नेलाई कारवाही माग

    काठमाडौँ– १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । बैठकले कक्षा १२...

  • २०७७ भाद्र २९, सोमबार

    काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै

    काठमाडौँ – विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना अथवा घर पनि पहिलेको अवस्थामा आउनेक्रम जारी नै छ । राजधानी काठमाडौँबाट पश्चिम क्षेत्र गोरखाको बारपाक...

  • २०७७ भाद्र २६, शुक्रबार

    विद्यालय र विद्यार्थीलाई नि:शुल्क इन्टरनेट !

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा दिन लागिएकाे हो । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा...

  • २०७७ भाद्र २५, बिहिबार

    अनलाइन कक्षाकाे शुल्क लिन निजी विद्यालयलाई सरकारको अनुमति

    काठमाडौं – सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ यसअघि शिक्षा मन्त्रालयले अनलाइन...

Pages