STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १२, आइतबार

काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

Categorized in शिक्षा