STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ फाल्गुण ९, आइतबार

    त्रिभुवन विश्वविद्यालयमा छ सय संख्यामा जागिर खुल्याे

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ । आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन खुलाएको हो । १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरिएको छ । सबै खुलातर्फ हुन् । गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल...

  • २०७७ फाल्गुण ३, सोमबार

    सरकारका तीन वर्ष : भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

    काठमाडौँ – कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।  सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खूद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२) को खूद भर्नादर ४३.९ प्रतिशतवाट ४७.६ प्रतिशत पुगेको छ । छ वर्षमाथिको साक्षरता दर ७८ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ...

  • २०७७ माघ २८, बुधबार

    दुई शैक्षिक सत्र असारदेखि, एसईई जेठमा

    काठमाडाैं – विद्यालय तहको शैक्षिक सत्र व्यवस्थापन गर्न सरकारले शिक्षा नियमावली संशोधन गरेको छ । कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिक सत्र वैशाखमा सञ्चालन गर्न सम्भव नभएपछि सरकारले नियमावली संशोधन गरेको हो । नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि कायम गर्ने भन्ने थियो’, शिक्षा...

  • २०७७ माघ २७, मंगलबार

    यस वर्ष एसईई परीक्षा विद्यालयले लिन नपाउने

    काठमाडौँ – यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा...

  • २०७७ माघ १७, शनिबार

    ११ र १२ कक्षालाई पनि अब गणित अनिवार्य

    काठमाडाैँ - कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई...

  • २०७७ माघ १३, मंगलबार

    विज्ञान, प्रविधिको प्रबर्द्धनका लागि सामुदायिक विद्यालयहरुलाई काठमाडौँ महानगरपालिकाे सहयोग

    काठमाडौँ महानगरपालिकाले  महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रबर्द्धनका  लागि आविष्कार (स्टीम क्लब)  कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।   विद्यार्थीमा विज्ञान...

  • २०७७ माघ ७, बुधबार

    केयू उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त

    काठमाडौँ – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र र प्राध्यापक...

  • २०७७ माघ ६, मंगलबार

    केयूको उपकुलपतिमा पुनः माकाजु सिफारिस

    काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा रामकण्ठ माकाजू, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति माकाजू, पूर्वरजिस्ट्रार थापा र प्राध्यापक लुइँटेलको नाम सिफारिस गरेको स्रोतले जनायो । यी नामबाट एक जनालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।...

  • २०७७ माघ ४, आइतबार

    खुल्न थाले काठमाडाैं महानगरभित्रका विद्यालयहरु

    काठमाडौं – कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको...

  • २०७७ माघ १, बिहिबार

    जेठमा शैक्षिक सत्र अन्त्य गर्न प्रस्ताव

    काठमाडौँ – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले...

  • २०७७ माघ १, बिहिबार

    कक्षा १२ को नतिजा माघ १० भित्रै निकालिने

    काठमाडौँ – कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए । ४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए । केही समयअघि नै नतिजा...

  • २०७७ पौष २७, सोमबार

    माघ पहिलाे हप्तादेखि काठमाडौंका विद्यालय खुल्दै

    काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी सुरु गरेको छ । कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने...

Pages