STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असोज १ देखि काठमाडौंका विद्यालय खाेल्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २२, मंगलबार

काठमाडौँ — काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको जनइएकाे छ ।

बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय खोल्ने निर्णय गर्नसक्ने निर्णय पनि गरेकाे छ ।

Categorized in शिक्षा