STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा

  • २०७७ माघ १३, मंगलबार

    विज्ञान, प्रविधिको प्रबर्द्धनका लागि सामुदायिक विद्यालयहरुलाई काठमाडौँ महानगरपालिकाे सहयोग

    काठमाडौँ महानगरपालिकाले  महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रबर्द्धनका  लागि आविष्कार (स्टीम क्लब)  कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।   विद्यार्थीमा विज्ञान...

  • २०७७ माघ ७, बुधबार

    केयू उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त

    काठमाडौँ – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र र प्राध्यापक...

  • २०७७ माघ ६, मंगलबार

    केयूको उपकुलपतिमा पुनः माकाजु सिफारिस

    काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा रामकण्ठ माकाजू, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति माकाजू, पूर्वरजिस्ट्रार थापा र प्राध्यापक लुइँटेलको नाम सिफारिस गरेको स्रोतले जनायो । यी नामबाट एक जनालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।...

  • २०७७ माघ ४, आइतबार

    खुल्न थाले काठमाडाैं महानगरभित्रका विद्यालयहरु

    काठमाडौं – कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको...

  • २०७७ माघ १, बिहिबार

    जेठमा शैक्षिक सत्र अन्त्य गर्न प्रस्ताव

    काठमाडौँ – यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने भएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले...

  • २०७७ माघ १, बिहिबार

    कक्षा १२ को नतिजा माघ १० भित्रै निकालिने

    काठमाडौँ – कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए । ४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए । केही समयअघि नै नतिजा...

  • २०७७ पौष २७, सोमबार

    माघ पहिलाे हप्तादेखि काठमाडौंका विद्यालय खुल्दै

    काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी सुरु गरेको छ । कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने...

  • २०७७ पौष २४, शुक्रबार

    काठमाडौंका विद्यालय माघदेखि खुल्ने

    काठमाडौं महानगरपालिकाले १ माघदेखि विद्यालय खोल्ने तयारी गरेको छ । ‘पुस महिनाभर  बिदा नै हो ।  माघदेखि खोल्ने कुरा भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘शिक्षा समितिको बैठकले निर्णय गर्छ । स्वास्थ्यको मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्छ भन्नेमा महानगर पुगेको छ ।’ उपत्यकामा अहिले पनि दैनिक ५ सयको हाराहारीमा संक्रमित भेटिरहेका छन् । अझै पनि संक्रमणको जोखिम कायम रहेकाले विद्यालय खोल्न...

  • २०७७ पौष १५, बुधबार

    खुल्यो कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई) को आवेदन फारम खुलाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण रजिष्ट्रेसन फाराम र आवेदन फारम बोर्डले ढिला गरी खुलाएको हो ।  १६ पुसदेखि २१ माघसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ । ‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौं’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षा कसले गर्ने निर्णय...

  • २०७७ पौष १, बुधबार

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल खोल्न नहुने ठहर

    कोभिड–१९ संक्रमणको जोखिमका  का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौँ महानगरपालिका शिक्षा विभागले आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो ।  छलफलमा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले...

  • २०७७ मङ्सिर २८, आइतबार

    शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

    सुर्खेत - आइतबार सुर्खेतकाे एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले विद्यार्थी, अभिभावक, शिक्षक सबै डराएका छन् ।  कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनीहरु सबै होम आशोलेनमा रहेका छन् ।  पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माध्यमिक विद्यालय, पलैटेका ११ जना...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    पुस १ देखि भक्तपुरका विद्यालयहरु आलाेपालाे खुल्ने

    भक्तपुर – भक्तपुर नगरपालिकाले पुस १ गतेदेखि आफ्नो नगर क्षेत्रभित्रका विद्यालयहरु आलाेपालाे चलाउने निर्णय गरेकाे छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिले नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई माथिल्लो कक्षातर्फ ८, ९ र १० कक्षा आलोपालो गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो। माथिल्लो तहका तीनवटा कक्षा आलोपालो सञ्चालन गर्न गराउन शिक्षा विज्ञान तथा...

Pages