STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ श्रावण २७, मंगलबार

    केयू आजदेखि बन्द

    बनेपा – कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप...

  • २०७७ श्रावण २५, आइतबार

    सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह

    काठमाडौँ – स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ । कोभिड–१९ का कारण लगाइएको लकडाउन खुले पनि विद्यालय खुल्न नसकी हाल वैकल्पिक...

  • २०७७ श्रावण २२, बिहिबार

    विद्यार्थी भर्ना कार्यक्रम नरोकिने : शिक्षा मन्त्रालय

    काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र...

  • २०७७ श्रावण २०, मंगलबार

    स्थगित त्रिविका परीक्षा अब 'पर्ख र हेर'काे स्थितिमा

    काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हटेको छ ।  कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन...

  • २०७७ श्रावण १४, बुधबार

    सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको...

  • २०७७ श्रावण ७, बुधबार

    त्रिविका क्याम्पसहरु खुले • भदौ पहिलो साताबाटै परीक्षाहरु लिइने

    काठमाडौं - लकडाउन  हटाइएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु खुलेका छन् ।  क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले एक सुचना जारी गरी जनाएकाे छ । साउन ६ लकडाउन खुलेसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । कोरोना संक्रमण...

  • २०७७ श्रावण ७, बुधबार

    बिहीबारदेखि पु्नः अनलाइन कक्षा सञ्चालन हुने

    काठमाडौं : बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याब्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन ८ अर्थात् बिहीबारबाट वैकल्पिक अध्ययनको शिक्षण सुचारु गर्ने निर्णय गरेको हो।  बुधबार सबेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको...

  • २०७७ श्रावण ५, सोमबार

    बेतलबी बिदाबाट पछि हटे प्याब्सन र एनप्याब्सन

    काठमाडाैं - साउन १ गतेदेखि शिक्षक–कर्मचfरीलाई बेतलबी बिदा दिने घोषणा गरेका प्याब्सन र एनप्याब्सन सो निर्णयबाट पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको याे निर्णयसँगै आन्दोलित भएका शिक्षाकहरुकाे माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो । प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने...

  • २०७७ श्रावण ४, आइतबार

    नाछिरिङ राई भाषाको पाठ्यपुस्तक विमोचन

    खोटाङ : विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक शनिबार साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको...

  • २०७७ श्रावण ३, शनिबार

    तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

    काठमाडौँ : विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । कोभिड–१९ ले देशको सबै क्षेत्र...

  • २०७७ श्रावण ३, शनिबार

    निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति

    काठमाडौँ - नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए । महासङ्घका अध्यक्ष बाबुराम थापाले...

  • २०७७ आषाढ ३१, बुधबार

    बिहीबारदेखि पठनपाठनका सबै कार्यक्रम स्थगित !

    काठमाडाैं - प्याब्सन र एन प्याब्सनले भोली बिहीबारदेखि पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । दुई संगठनको बैठकले पठनपाठन ठप्प पार्ने निर्णय गरेको हो । सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने...

Pages