STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल खोल्न नहुने ठहर

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १, बुधबार

कोभिड–१९ संक्रमणको जोखिमका  का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौँ महानगरपालिका शिक्षा विभागले आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो । 

छलफलमा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौँमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसम समेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयमा महानिर्देशक महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करीब ५० हजारको एन्टीजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिनुभयो । 

काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकैले कोभिड फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताउनुभयो र आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको कुरा उहाँले भन्नुभयो । यो बीचमा  निरन्तर छलफल गरी तयारी भई सके पछी  अवस्था हेरेर मात्रै विद्यालय खुला गर्नु पर्ने भएकोले  अहिले तत्काल चाँहि खुल्ने अवस्था नरहेको बताउनु भयो ।

Categorized in शिक्षा