STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माघ पहिलाे हप्तादेखि काठमाडौंका विद्यालय खुल्दै

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २७, सोमबार

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।

कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो ।

कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपी सरकारले निर्णय भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गरिने उनको भनाई छ ।

अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताए । जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उनले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गरे । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।

विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराईरहेका छन् । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताए । अविभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्ने आशंका गरिरहेका छन् ।

देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारी रुपमा अध्ययन अध्यापन हुन सकेको छैन ।

Categorized in शिक्षा