STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका विद्यालय माघदेखि खुल्ने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २४, शुक्रबार

काठमाडौं महानगरपालिकाले १ माघदेखि विद्यालय खोल्ने तयारी गरेको छ । ‘पुस महिनाभर  बिदा नै हो ।  माघदेखि खोल्ने कुरा भएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘शिक्षा समितिको बैठकले निर्णय गर्छ । स्वास्थ्यको मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्छ भन्नेमा महानगर पुगेको छ ।’

उपत्यकामा अहिले पनि दैनिक ५ सयको हाराहारीमा संक्रमित भेटिरहेका छन् । अझै पनि संक्रमणको जोखिम कायम रहेकाले विद्यालय खोल्न नहुने विज्ञहरुको तर्क छ ।

कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालय खुलेको छैन ।  

Categorized in शिक्षा