शिक्षा
-
२०७७ श्रावण २९, बिहिबार
परीक्षा पछि लिनेगरी नयाँ सेमेष्टर सुरु गर्ने त्रिविकाे तयारी
काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा पछि अनुकूल समयमा लिने गरी अब माथिल्लो कक्षामा पढाउने तयारी थालेको छ । यसअघि भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत त्रिविले सार्वजनिक गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९ ) काे जोखिम बढ्दाे रहेकाेले त्रिविले परीक्षा स्थगित गरेको हो । त्यसैले अब परीक्षा सम्भव नभएपछि त्रिविले सेमेस्टरको अर्को कक्षा सुरु गर्ने भएको छ । ...
-
२०७७ श्रावण २९, बिहिबार
त्रिविका परीक्षा तत्काल नहुने
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । “हामीले स्थिति सहज भएपछि परीक्षाको...
-
२०७७ श्रावण २८, बुधबार
अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य
काठमाडौँ – कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास तथा...
-
२०७७ श्रावण २७, मंगलबार
भदौ १५ सम्म भर्ना अभियान बन्द हुने
काठमाडौँ – कोराेना संक्रमणकाे जोखिम बढेसँगै सरकारले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि...
-
२०७७ श्रावण २७, मंगलबार
केयू आजदेखि बन्द
बनेपा – कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप...
-
२०७७ श्रावण २५, आइतबार
सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह
काठमाडौँ – स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ । कोभिड–१९ का कारण लगाइएको लकडाउन खुले पनि विद्यालय खुल्न नसकी हाल वैकल्पिक...
-
२०७७ श्रावण २२, बिहिबार
विद्यार्थी भर्ना कार्यक्रम नरोकिने : शिक्षा मन्त्रालय
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र...
-
२०७७ श्रावण २०, मंगलबार
स्थगित त्रिविका परीक्षा अब 'पर्ख र हेर'काे स्थितिमा
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन...
-
२०७७ श्रावण १४, बुधबार
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको...
-
२०७७ श्रावण ७, बुधबार
त्रिविका क्याम्पसहरु खुले • भदौ पहिलो साताबाटै परीक्षाहरु लिइने
काठमाडौं - लकडाउन हटाइएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु खुलेका छन् । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले एक सुचना जारी गरी जनाएकाे छ । साउन ६ लकडाउन खुलेसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । कोरोना संक्रमण...
-
२०७७ श्रावण ७, बुधबार
बिहीबारदेखि पु्नः अनलाइन कक्षा सञ्चालन हुने
काठमाडौं : बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याब्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन ८ अर्थात् बिहीबारबाट वैकल्पिक अध्ययनको शिक्षण सुचारु गर्ने निर्णय गरेको हो। बुधबार सबेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको...
-
२०७७ श्रावण ५, सोमबार
बेतलबी बिदाबाट पछि हटे प्याब्सन र एनप्याब्सन
काठमाडाैं - साउन १ गतेदेखि शिक्षक–कर्मचfरीलाई बेतलबी बिदा दिने घोषणा गरेका प्याब्सन र एनप्याब्सन सो निर्णयबाट पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको याे निर्णयसँगै आन्दोलित भएका शिक्षाकहरुकाे माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो । प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने...


