STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भदौ १५ सम्म भर्ना अभियान बन्द हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार

काठमाडौँ – कोराेना संक्रमणकाे जोखिम बढेसँगै सरकारले‍ भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार समुदायस्तरमा कोरोना फैलन थालेपछि यसअघि तोकिएका परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय भएको हो ।
Categorized in शिक्षा