STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिहीबारदेखि पु्नः अनलाइन कक्षा सञ्चालन हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ७, बुधबार

काठमाडौं : बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याब्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। प्याब्सन र एन प्याब्सनले अभिभावक संघ र इस्टुको आग्रहमा साउन ८ अर्थात् बिहीबारबाट वैकल्पिक अध्ययनको शिक्षण सुचारु गर्ने निर्णय गरेको हो।  बुधबार सबेको प्याब्सन, एन प्याब्सन, इस्टु, अभिभावकसंघलगायतको संयुक्त बैठकको निर्णयमा भनिएको छ। ‘आफ्नो पेशागत र व्यवसायिक मर्मलाई सरकारले संशोधन नगरेको र बारम्बारको अल्टिमेटम पूरा नगरेकाले प्याब्सन र एन प्याब्सनको आह्वानमा वैकल्पिक विधिको अध्यापनसमेत बन्द गरेको सन्दर्भमा अभिभावक संघ र इस्टुको समेत आग्रहमा साउन ८ गतेबाट वैकल्पिक अध्ययनको शिक्षा शिक्षण सुचारु गर्ने’, पहिलो निर्णयमा भनिएको छ।   विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन मंगलबारबाट अन्त्य गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै निजी विद्यालयसँग सम्बन्धित संघ संस्थाले बन्द गरेको अनलाइन कक्षा चलाउने निर्णय गरेका हुन् । सँगै उनीहरुले भदौ १ गतेदेखि मात्र शैक्षिक संस्था खोल्ने सरकारको निर्णय पुनःविचार गर्नसमेत माग गरेका छन् ।  निजी विद्यालयले साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदा दिने निर्णय गरेका थिए । वैशाखदेखिकाे तलब सरकारले व्यहाेर्नुपर्ने शिक्षक युनियनकाे माग यसैगरी निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गरेका छन् । निजी शैक्षिक संस्थामा कक्षा १२ सम्म अध्यापन गराउँदै आएका शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले बुधबार विज्ञप्तिमार्फत यस्तो माग राखेको हो । युनियनका अध्यक्ष होमकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ, ‘अन्य विकल्प नहुञ्जेलसम्म वैशाखदेखिको तलब सरकारद्वारा नै व्‍यहोरियोस् वा सञ्चालकहरूलाई दिन निर्देशन जारी गरियोस् ।’ शिक्षक–कर्मचारीले सबै महिनाको तलब पाउनुपर्ने, शिक्षक–कर्मचारीलाई जागिरबाट निकाल्न नहुने र निकालिसकेकालाई पुनर्वहाली गर्नुपर्ने युनियनको माग छ । ४ साउनमा निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र एनप्याब्सनसँग तलब सुविधाको विषयमा सहमति गरेको तीन दिनपछि नै युनियनले सरकारसँग यस्तो माग राखेको हो । उनीहरूबीच वक्यौता तलब भुक्तानी, साउनदेखि बेतलबी विदा नराख्नेलगायतका विषयमा सहमति भएको थियो ।
Categorized in शिक्षा