STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

परीक्षा पछि लिनेगरी नयाँ सेमेष्टर सुरु गर्ने त्रिविकाे तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार

काठमाडाैं – त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा पछि अनुकूल समयमा लिने गरी अब माथिल्लो कक्षामा पढाउने तयारी थालेको छ । यसअघि भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत त्रिविले सार्वजनिक गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९ ) काे जोखिम बढ्दाे रहेकाेले त्रिविले परीक्षा स्थगित गरेको हो । त्यसैले अब परीक्षा सम्भव नभएपछि त्रिविले सेमेस्टरको अर्को कक्षा सुरु गर्ने भएको छ । त्रिविले सेमेस्टरको परीक्षा नलिई माथिल्लो कक्षा सुरु गर्ने तयारी थालेको हो । शैक्षिकसत्रलाई खेर जान नदिन अनलाइनबाट विद्यार्थीलाई पढाउने त्रिविका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले जानकारी दिए ।  ‘असोजसम्म जाँच सक्ने भन्ने थियो । त्यो सम्भावना रहेन । परीक्षा अनुकूल समयमा लिने गरी अर्को सेमेस्टरको कक्षा सञ्चालन गर्ने तयारी थालेका छौँ,’ भुसालले भने । तत्काल फेस टु फेस पढाउने स्थिति नभएकाले अनलाइनबाट विद्यार्थीलाई पढाउने शिक्षाध्यक्ष भुसालले बताए । स्नातक र स्नातकोत्तरको परीक्षा प्रभावित हुँदा ४ लाख १५ हजार विद्यार्थी अन्योलमा छन् ।        
Categorized in शिक्षा