STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेतलबी बिदाबाट पछि हटे प्याब्सन र एनप्याब्सन

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ५, सोमबार

काठमाडाैं - साउन १ गतेदेखि शिक्षक–कर्मचfरीलाई बेतलबी बिदा दिने घोषणा गरेका प्याब्सन र एनप्याब्सन सो निर्णयबाट पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको याे निर्णयसँगै आन्दोलित भएका शिक्षाकहरुकाे माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो । प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यस्तै इस्टुले घोषणा गरेको प्याब्सन, एनप्याब्सन केन्द्रीत आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । यस्तै शिक्षक कर्मचारीले २०७६ चैत मसान्तसम्मको सम्पूर्ण बक्यौता विद्यालयहरुले तत्काल भुक्तानी गर्ने सहमति भएको छ भने लकडाउनको अवधिमा अध्यापन नभएको समयको पारिश्रमिक व्यवहारिक रुपमा भुक्तानी गर्दै जाने समझदारी भएको छ । तर अनलाइन कक्षा बन्द गर्ने यसअघिको निर्णय भने कायमै रहेको छ ।
Categorized in शिक्षा