STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७७ आषाढ २५, बिहिबार

    मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दै

    काठमाडौँ : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई राहत मिलेको हो । कृष्णमायालाई हरेक दिन बिहान मोबाइलमा ‘रेडियो रोशी १०१.६ मेगाहर्ज’ सुनेर खुशी हुँदै छोरी डोल्मा तामाङलाई...

  • २०७७ आषाढ २५, बिहिबार

    वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

    काठमाडौँ : विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्पष्ट गरेको हो । हरेक वैशाख पहिलो साता नयाँ शैक्षिक सत्रको थालनी हुँदै...

  • २०७७ आषाढ २२, सोमबार

    मगर भाषाको पाठ्यपुस्तक प्रकाशित

    सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका–१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उहाँले कक्षा एक र दुईका लागि ‘कानूङ ढूट्झ्युल–सोमरा कट्छया’ नामक मगर भाषा पुस्तक प्रकाशन गरिसक्नुभएको छ । नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न–लेख्न सकुन् र...

  • २०७७ आषाढ २१, आइतबार

    यस वर्षको एसईईमा ‘सी’ ग्रेडभन्दा मुनि नआउने

    काठमाडाैं - यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको गे्रड पठाउने भएका छन् । विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम...

  • २०७७ आषाढ १६, मंगलबार

    असार २२ गतेसम्म निर्णय नभए देशैभरका अनलाइन कक्षा गर्ने चेतावनी

    काठमाडाैं - निजी विद्यालयका दुई संस्था प्याब्सन र एन प्याब्सनले सरकारले असार २२ गतेसम्म कुनै निर्णय नगरे देशभरका सबै विद्यालयको अनलाइन कक्षा र प्रशासन बन्द गर्ने निर्णय गरेका छन् । यस कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकारले नै लिनुपर्ने दुवै संस्थाका अध्यक्षको चेतावनी छ । दुवै संस्थाका अध्यक्षले दुई निकायले गरेको निर्णयको बर्खिलापमा कुनै विद्यालयले अनलाइन कक्षा सञ्चालन...

  • २०७७ आषाढ १६, मंगलबार

    त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा...

  • २०७७ आषाढ १४, आइतबार

    शिक्षा मन्त्रालयले थाल्याे निजी विद्यालयसँग वार्ताको तयारी

    काठमाडाैं - निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनसँग शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो । यसअघि निजी विद्यालयले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेकाे थियाे । तर सरकारले...

  • २०७७ आषाढ १४, आइतबार

    शिक्षक मासिकलाई ‘त्रैलोक्यनाथ शिक्षा पुरस्कार’

    काठमाडौँ : काठमाडौँ विश्व विद्यालयअन्र्तगतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले रु एक लाख राशिको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ । सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति शिक्षक मासिकले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरी पुरस्कार दिने निर्णय...

  • २०७७ आषाढ ९, मंगलबार

    अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क नलिन शिक्षा मन्त्रालयकाे निर्देशन

    काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयलाई अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क नलिन र त्यस्ताे नगराउन निर्देशन दिएकाे छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन सार्वजनिक आग्रह गरेका थिए । शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी...

  • २०७७ आषाढ ६, शनिबार

    शिक्षाविद् अंगुरबाबा जोशीको निधन

    विजयरत्न असंबरे - नेपालको शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् जोशीको स्ट्रोकका कारण शनिबार २ः४५ बजे काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। जोशीकाे १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर...

  • २०७७ आषाढ ३, बुधबार

    विद्यालय खोल्ने कार्यविधि तयार, विद्यालय खोल्न अब यस्ता कार्यविधि अपनाउनुपर्ने हुन्छ

    काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधि तयार गरेको छ । यसमा विद्यालय खोल्न कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । केन्द्रका सहसचिव एवं उप–महानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिले तयार गरेको कार्यविधिमा विद्यालय सुरक्षित र संरक्षित, विद्यालयमा उपलब्ध सुविधालगायतका विषयमा बालबालिका र अभिभावक लक्षित गरी...

  • २०७७ जेठ ३२, आइतबार

    सरकारले भोलिदेखि रेडियो र टिभीबाट पढाउँदै, रुटिन यसप्रकार छ:

    काठमाडौं – लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गते (भोलि)देखि रेडियो र टिभीबाट पढाउने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भोलिबाट सुरु हुने टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइको रुटिन निकालेको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल...

Pages