STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शुल्क बढाएपछि विद्यालयमै अभिभावककाे प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन ३०, शुक्रबार

काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मासिक शुल्क बढाएपछि विद्यालयमै पुगी अभिभावकहरुले विराेध प्रदर्शन एवं घेराउ गरेका छन् ।

अभिभावकहरुले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् ।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नु पर्ने र अभिभावक पनि सहज अवस्थामा रहनुपर्ने गरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरुले पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको अभिभावकहरुले बताएका छन् ।

अभिभावकहरुले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरुले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरि लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् ।

 

सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो ।

Categorized in शिक्षा