STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भौतिक रूपमै परीक्षा दिने विद्यार्थीलाई कोरोनाको खोप

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २७, बुधबार

त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका निर्देशक झलक गौतमका अनुसार भौतिक रूपमा उपस्थिति भएर परीक्षा दिँदा विद्यार्थीले जोखिम मोल्नु परेको गुनासो बढेपछि खोप दिने भएको हो । खोप लगाउन जाँदा विद्यार्थीले आफ्नो प्रवेशपत्र अनिवार्य बोक्नुपर्ने उनले बताए ।

विद्यार्थीले खोप काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर लगाउन पाउनेछन् । साथै अन्य जिल्लाको हकमा भने जिल्लाले नै तोकेबमोजिम स्थानमा खोप उपलब्ध गराइने गौतमले बताए ।  

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न संकायको परीक्षा चलिरहेका छन् । त्रिविले स्वास्थ्य मापदण्डविपरीत परीक्षा संचालन गरेको भन्दै विद्यार्थीहरू पनि केही दिनदेखि आन्दोलित थिए ।

Categorized in शिक्षा