STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सबै तहका परीक्षा स्थगित गर्न मन्त्रालयको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २२, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको जानकारी दिए ।

‘कोभिड–१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमा लेखेका छन् ।

३१ साउनदेखि ९ भदौसम्म राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । स्नातक तह र स्नतकोत्तर तहका परीक्षाहरू सञ्चालन भइरहेका छन् । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च भएको भन्दै परीक्षा तत्काललाई स्थगित गर्नका लागि सरोकारवालाले आवाज उठाउँदै आइरेको भए पनि शिक्षा मन्त्रालय जसरी पनि परीक्षा सञ्चालन गर्ने अडानमा छ ।

Categorized in शिक्षा