STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कक्षा १२ को परीक्षा भदौ ३० देखि

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १७, बिहिबार

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।

बोर्डले परीक्षाको समय तालिका समेत प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।

Categorized in शिक्षा