STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको पाठय्रक्रम सार्वजनिक हुने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २७, बिहिबार

काठमाडौं -स्थानीय भाषा अन्तर्गत काठमाडाैं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा पढाइ हुन लागेकाे नेपालभाषाकाे पाठ्यक्रम सार्वजनिक हुने भएको छ ।

काठमाडौ महानगरपलिकाले शनिबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयाेजना गरी साे पाठ्यक्रम सार्वजनिक गर्ने भएकाे छ ।

‘येँ देय् म्हसिके’ नाम दिइएको साे पाठ्यक्रम स्थानीय भाषा पढाउने महानगरको नीतिअनुरुप तयार भएको हो ।

आधारभुत तहमा कक्षा एकदेखि ८ सम्म स्थानीय भाषा नेपालभाषाबाट यहाँको संस्कृति, वेशभूषा, रहनसहन, वस्तुस्थितिको बरेमा ज्ञान दिईनेछ ।

स्थानीय पाठ्यक्रमकाे पढाइ गराउन अहिले महानगरपालिकाले १७२ सिटकाे लागि शिक्षकहरुकाे आवेदन माग गरेपछि शिक्षक छनाेटकाे आवश्यक प्रक्रिया अघि बढिरहेकाे छ ।

Categorized in शिक्षा