STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोकिएका त्रिवि स्नातकको परीक्षा साउन पहिलो हप्ताबाट

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ९, बुधबार

त्रिभुवन विश्वविद्यालयले स्थगित भएका स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक पुस्पराज जोशीले बाहिर हल्ला भएजस्तो परीक्षा तालिका भने सार्वजनिक भइनसकेको बताए । उनका अनुसार बोर्ड यसबारेमा छलफलको क्रममै छ ।
'हामीले साउन ५ र १० गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेका हौँ,' जोशीले भने, 'बाहिर तालिका नै सार्वजनिक भयो भनेर आएका समाचार 'फेक' हुन् । यसबारे हामी बोर्डबाट पास गराएर केही दिनपछि मात्रै नोटिस (सूचना) निकाल्छौँ ।'

Categorized in शिक्षा