STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

परीक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २०, शुक्रबार

एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको थियो । 

कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र अभिभावकहरुलाई परामर्श दिएका थिए । साथमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले पनि विगतका शैक्षिक गतिविधिको अनुभवका आधारमा सुझाव दिएका थिए । 

सोही कार्यक्रममा काठमाडौ बर्नहाट कलेजका उपप्राध्यापक सुरज शिवाकोटीले आफ्नो कलेजमा ज्यापु महागुथिको सिफारिसमा दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । आर्थिक अवस्था, परीक्षामा प्राप्त अङ्कको आधारमा छात्रवृत्ति दिने जानकारी शिवाकोटीले दिनुभयो । कार्यक्रममा समृद्धि कलेजका प्रधानाध्यापक नरेश श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विज्ञहरुको परामर्शलाई मनन गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।

Categorized in शिक्षा