शिक्षा
-
२०७९ चैत्र १९, आइतबार
दक्ष जनशक्ति उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा सम्भव : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रविधिमा भइरहेको तीव्र गतिको विकास र विस्तारको यस युगमा दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहने बताएका...
-
२०७९ चैत्र १७, शुक्रबार
एसइईमा चिट चोराउने निरीक्षक पक्राउ
काठमाडौं – धनुषामा एसइई परीक्षाको पहिलो दिनमै विभिन्न लापरवाही देखिएको छ। आज शुक्रबारदेखि सुरु भएको परीक्षामा चिट चोरी गराएपछि एकजना निरीक्षक पक्राउ परेका छन् भने एउटा केन्द्रमा गलत प्रश्नपत्र पठाएपछि परीक्षा ढीलो गरी भएको छ। धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्। उनले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराइ आफ्नो...
-
२०७९ चैत्र १७, शुक्रबार
एसईई परीक्षा सुरू भएलगत्तै प्रश्नपत्र आउट !
काठमाडौं - बारामा एसईई परीक्षा सुरू भएलगत्तै परीक्षा हुन बाँकी रहेको बिषयको प्रश्नपत्र आउट भएको छ। सामाजिक संजालमा प्रश्नपत्र बाहिर ल्याएर आउनेलाई प्रहरीले नियन्त्रणका लिएर थप अनुसन्धानको लागि हिरासतमा लिएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको र आफु सोहि क्षेत्र तिर तत्काल थप बुझ्न...
-
२०७९ चैत्र १, बुधबार
शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या
मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पए। स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो। हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ। भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा...
-
२०७९ माघ १५, आइतबार
यस वर्षकाे एसईई परीक्षा चैत १७ देखि
काठमाडाैं - चैतमा हुने यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । चैत्र १७ गते बाट सुरुहुने गरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिने छ ।
-
२०७९ माघ १०, मंगलबार
आईओएमका विद्यार्थी र प्रहरीबीच झडप
काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव सिर्जना भएको थियो । आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान लगाएको ताला प्रशासनले प्रहरी लगाएर खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेकाले प्रहरीले केही विधार्थीहरुलाई सामान्य लाठी चार्ज गरेको छ । केही...
-
२०७९ पौष २२, शुक्रबार
आगामी चैत ५ गते स्ववियु निर्वाचन
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए। उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि...
-
२०७९ पौष २१, बिहिबार
स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस
काठमाडाैं - त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी संगठनको सल्लाहअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्न सिफारिस गरेको छ । विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी त्रिवि कार्यकारी परिषद्लाई स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...
-
२०७९ मङ्सिर २३, शुक्रबार
त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । समारोहमा...
-
२०७९ मङ्सिर २२, बिहिबार
विद्यार्थीको मृत्युपछि विश्व निकेतन माविमा प्रदर्शन
काठमाडौं - त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको...
-
२०७९ कार्तिक २७, आइतबार
निर्वाचनका कारण तीन दिन त्रिविमा बिदा
काठमाडौं - आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक...
-
२०७९ कार्तिक २६, शनिबार
मेयर बालेनद्वारा काठमाडौंकाे सामुदायिक विद्यालयकाे निरीक्षण
काठमाडौं - काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक...


