STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसईई परीक्षा सुरू भएलगत्तै प्रश्नपत्र आउट !

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १७, शुक्रबार

काठमाडौं - बारामा एसईई परीक्षा सुरू भएलगत्तै परीक्षा हुन बाँकी रहेको बिषयको प्रश्नपत्र आउट भएको छ। सामाजिक संजालमा प्रश्नपत्र बाहिर ल्याएर आउनेलाई प्रहरीले नियन्त्रणका लिएर थप अनुसन्धानको लागि हिरासतमा लिएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको र आफु सोहि क्षेत्र तिर तत्काल थप बुझ्न हिडेको बताउनु भएको छ ।

उनका अनुसार बाराको कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र सामाजिक संजालबाट आउट भएको भन्ने यकिनन नभएको र प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।

उनले भने, ‘परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले यहाँबाट आउट नभएको भनेका छन् । हामी अनुसन्धानमा लागेका छौं।’

केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने भन्दै आलोचना भएको छ ।

आजदेखि शुरु भएको माध्यमिक तह परीक्षा (एसईई)मा बारा जिल्लाबाट ९ हजार १६९ विद्यार्थी सहभागी भएका छन् । जिल्लाभरमा ३२ वटा परीक्षा केन्द्रबाट २ जना दृष्टिविहीन सहित ३७८ जना प्राविधिक तर्फका विद्यार्थी परीक्षामा सहभागी छन् ।

Categorized in शिक्षा