STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १०, मंगलबार

काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव सिर्जना भएको थियो ।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान लगाएको ताला प्रशासनले प्रहरी लगाएर खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेकाले प्रहरीले केही विधार्थीहरुलाई सामान्य लाठी चार्ज गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको छ ।

होस्टेलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेक्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीको आरोप छ ।चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् । विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।

Categorized in शिक्षा