STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०८० आश्विन ७, आइतबार

    महासङ्घको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, थप आन्दोलन घोषणा

    काठमाडौं - प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत,पेन्सन वञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आबद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् । शुक्रवार सरकारसँग महासङ्घले गरेको सहमतिमा असन्तुष्टि...

  • २०८० आश्विन ५, शुक्रबार

    शिक्षक र सरकारबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता

    काठमाडौं - तीन दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच सात बुँदे पत्रमा सहमति भएको छ । शुक्रबार दिउँसो गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको सात बुँदे मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको । उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच...

  • २०८० आश्विन ५, शुक्रबार

    शिक्षकहरू तेस्रो दिन पनि आन्दोलनमा

    काठमाडौं - शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्। संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि जारी छ। अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ।  सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व...

  • २०८० आश्विन ४, बिहिबार

    एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि

    काठमाडौं- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ । कार्यालयले  गत साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे...

  • २०८० आश्विन ४, बिहिबार

    सरकार र आन्दोलनरत शिक्षकबीच भोलि औपचारिक वार्ता हुने

    काठमाडौं- सरकार र आन्दोलनरत शिक्षकहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ । बिहीबार बिहान र साँझ दुई चरणमा छलफल भए पनि औपचारिक वार्ता भने शुक्रबार हुने भएको छ । बिहीबार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री...

  • २०८० आश्विन ४, बिहिबार

    आज पनि शिक्षकहरू सडकमा, विद्यालयहरू अनिश्चितकालीन बन्द

    काठमाडौं - आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द भएका छन् । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द  भएको हो । आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन...

  • २०८० आश्विन ३, बुधबार

    देशभरिका शिक्षकहरुको माइतीघर मण्डलमा प्रदर्शन

    काठमाडौं - विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमाथि असन्तुष्टि जनाउँदै देशभरीका शिक्षकहरु भेला भएर काठमाडौं माइतीघरमा आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड...

  • २०८० आश्विन ३, बुधबार

    विद्यालय बन्द गरेरै जान शिक्षकहरुको आह्वान

      कठमाडौं - काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्धको आन्दोलनमा विद्यालय बन्द गरेर जानेमा एक स्वर गरेका छन् । बुधबार महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गरेर आन्दोलनमा जाने भनि सुरु गरिएको आन्दोलनप्रति समर्थन जनाउँदै सबै शिक्षक...

  • २०८० आश्विन ३, बुधबार

    शिक्षा विधेयकमा मेयर बालेनको पनि असहमति, तर विद्यालय बन्द गरे कारबाही गरिने

    काठमाडौं - कामठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शिक्षकहरुको सरकारले ल्याएको शिक्षा विधेयकमा शिक्षकहरुसँगै आफ्नो पनि असहमति रहेको बताएका छन् । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध शिक्षकहरुले माइतीघरमा आन्दोलन चर्काइरहेको बेला मेयर शाहले विधेयकमा आफ्नो पनि असहमति रहेपनि शिक्षकहरुले विद्यालय बन्द गर्ने सवालमा असहमति जनाएका छन् । उनले सामाजिक...

  • २०८० आश्विन २, मंगलबार

    शिक्षकहरु मन्त्रालयसँगको वार्तामा अनुपस्थित, भोलिबाट देशभरका विद्यालय बन्द गर्न आह्वान

    काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ। बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरेपनि शिक्षकहरु वार्तामा नगएका हुन्। संसदमा शिक्षा सम्बन्धि विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएको वार्तामा...

  • २०८० श्रावण ३२, बिहिबार

    अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला

    पोखरा, ३२ साउन स् पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गरेकी उनी पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा हुनुहुन्छ तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन हुन्छ कि भन्ने डर उहाँमा छ । उनी भन्छिन् “मलाई निकै डर लाग्छ कहिलेकाहीँ साथीसङ्गीले भन्ने गर्छन्, एउटा बच्चा नजन्मिँदै अस्थायी साधन प्रयोग गरेपछि बच्चा बस्न गाह्रो हुन्छ,...

  • २०८० श्रावण ३०, मंगलबार

    कक्षा १२ को नतिजा सार्वजनिक

      काठमाडौं - कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठकपश्चात् परीक्षाफल सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए । उनका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ४९.०९ प्रतिशत भने नन ग्रेडेड (अनुत्तीर्ण...

Pages