STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०८० पौष २६, बिहिबार

    नेपालभाषाका हजारौं पुस्तकहरु अब विश्वको हरेक कुनाकाप्चामा पढ्न सकिने

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्ने क्रममा  नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्  ।  समारोहमा बोल्दै प्रमुख अतिथि डंगोलले नेपालभाषाको साथमा नेपालकै विभिन्न भाषा, कला, साहित्य, संस्कृतिलगायत...

  • २०८० पौष २५, बुधबार

    एसईई चैत पहिलो हप्ता, अब सबै विषयमा ३५ ल्याए मात्र पास

    काठमाडौं- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् । ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसद्मा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी...

  • २०८० पौष २१, शनिबार

    त्रिवि उपकुलपति नियुक्तिको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ - प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका छन्। शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री...

  • २०८० पौष २, सोमबार

    आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार हुँदैछ। ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए। त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ। यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले...

  • २०८० मङ्सिर १३, बुधबार

    त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए । “स्नातकोत्तर...

  • २०८० कार्तिक २४, शुक्रबार

    त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिविका...

  • २०८० आश्विन २८, आइतबार

    शिवपुरी मा.वि.ले मनाए हिरक जयन्ती

    काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा शनिबार स्थापना दिवसका साथै हीरक जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । शिक्षा , विज्ञान  तथा प्रविधि मन्त्री अशोक कुमार राई प्रमूख अतिथी रहेको हिरक जयन्ती समारोहको सभापति गिरिधर मिश्र रहेका थिए । सो समारोहमा बागमति प्रदेश सरकारले नेपालभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषा कायम गरेको निर्णयको...

  • २०८० आश्विन १९, शुक्रबार

    शिक्षा विधेयकमा सांसदले गरे पुनर्लेखनको माग

      काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद शर्माले शिक्षक महासङ्घ र राहत शिक्षकको भावनालाई सम्बोधन हुने गरी विधेयक पुनर्लेखन...

  • २०८० आश्विन १२, शुक्रबार

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

    काठमाडौँ - विगत नौ दिनदेखि काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । असोज ३ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षक आन्दोलन भए पनि दुई दिनपछि नै महासंघले सरकारसँग सहमति गर्दा राहत शिक्षकका माग सम्बोधन भएका थिएनन् । उनीहरुका मागप्रति सरकारले बल्ल नौ दिनपछि शुक्रबार सहमति गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच सहमति भएको छ ।...

  • २०८० आश्विन ७, आइतबार

    महासङ्घको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, थप आन्दोलन घोषणा

    काठमाडौं - प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत,पेन्सन वञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आबद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् । शुक्रवार सरकारसँग महासङ्घले गरेको सहमतिमा असन्तुष्टि...

  • २०८० आश्विन ५, शुक्रबार

    शिक्षक र सरकारबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता

    काठमाडौं - तीन दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच सात बुँदे पत्रमा सहमति भएको छ । शुक्रबार दिउँसो गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको सात बुँदे मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको । उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच...

  • २०८० आश्विन ५, शुक्रबार

    शिक्षकहरू तेस्रो दिन पनि आन्दोलनमा

    काठमाडौं - शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्। संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि जारी छ। अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ।  सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व...

Pages