
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २९, शुक्रबार

काठमाडौं - गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् ।
सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । उनीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिसमा परेको थियो ।
मुख्यमन्त्री पाण्डेले तिवारीलाई रोजेका हुन् । उनी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीन समेत हुन् ।
Categorized in शिक्षा