relans
ni new 83
nib 2082 5

साहित्यकार ताम्राकार ,गायक शाक्य र प्रविधिविज्ञ तुलाधरलाई दान्यहिरा सिरपा प्रदान

Janjati Khabar | २०८३ कार्तिक १९, बुधबार

नेपालभाषाको वाङमय क्षेत्रमा प्रतिष्ठित  प्राज्ञिक निकाय     नेपालभाषा एकेडेमिले बर्सेनि   प्रदान गर्दै आएको  प्रतिष्ठित पुरस्कार  दान्यहिरा सिरपाद्वारा  मंगलबार  तीन व्यत्तित्वहरुलाई सम्मानित गरेको छ ।   किर्तिपुर स्थित  नेपालभाषा एकेडेमीको सभा भवनमा सम्पन्न सम्मान समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरले   दान्यहिरा साहित्य सिरपा    समालोचक र साहित्यकार पूर्णकाजी ताम्राकार, दान्यहिरा संगीत सिरपा गायक  प्रवेश मान शाक्य र  दान्यहिरा विज्ञान प्रविधि सिरपा एलेन बैलोचन तुलाधरलाई प्रदान गरेका थिए । 

प्रत्येक वर्ष  दान्यहिरा सिरपा साहित्य ,संगीत र विज्ञान प्रविधी विषय गरी तीन विधामा प्रदान   गरिंदै आएको छ । मंगलबार सम्पन्न  सिरपा प्रदान समारोहमा  नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर ले दोसल्ला र  सम्मान पत्र प्रमुख अतिथि   वागमती प्रदेशका  मुख्य मन्त्री   किरण कुमार थापा मगरले प्रदान गरे । जनही   पचास   हजार  नगद  रकम रहेको सो पुरस्कारको रकम दाता यज्ञरत्न धाख्वाले प्रदान गरे ।  

विगत चार दशकअघि देखि नेपालभाषा साहित्य क्षेत्रको विकासमा अतुलनीय योगदान दिएका ताम्राकार  दान्यहिरा साहित्य सिरपा प्रदान गरिएको हो भने  नेपालभाषाको सांगीतिक  क्षेत्रमा  अतुलनीय योगदानको कदर स्वरुप लोकप्रिय गायक प्रवेश मान शाक्य लाई दान्यहिरा संगीत सिरपा र विज्ञान प्रविधि जगतमा   योगदानको कदर स्वरूप   दान्यहिरा विज्ञान प्रविधि सिरपा एलेन बैलोचन तुलाधरलाई प्रदान गरिएको कुरा  पुरस्कार निर्णायक संयोजक  एवं एकेडेमीका भाइस चान्सलर डा। पुष्पराज राजकर्णिकारले बताए ।  

नेपालभाषा एकेदेमिका चान्सलर मल्ल के सुन्दरको सभा अध्यक्षतामा सम्पन्न सो समारोहमा  एकेडेमीका सदस्य सचिव  महेद्र गोपाल कर्माचार्यले स्वागत मन्तव्य राखेका थिए । यस्तै गरि सम्मानित व्यक्तित्वहरु पूर्णकाजी ताम्राकार र एलेन वैलोचन तुलाधरले आआफ्नो मन्तव्य राखेको  सो समारोहमा गायक  प्रवेश मान शाक्यले सांगीतिक प्रस्तुति दिए । 

वीर प्रसाद भन्सारी,गुज्ये मालाकार,रफेला महर्जन र रिता महर्जनले गीत गजल प्रस्तुत गरे भने प्रमुख अतिथि  वागमती प्रदेशया मुख्यमन्त्री किरण कुमार थापा मगरले नेपाल भनेको नेवार संस्कृति र साहित्यको कारण गौरवशाली बनेको देश हो भन्दै यसको विकास र उचित संरक्षणका लागि प्रदेश सरकार संधै सकारात्मक रहने कुरा व्यक्त गरे । यस्तै गरि  समारोहका सभापति  एकेदेमिका चान्सलर मल्ल के सुन्दरले   एकेडेमीको आगामी योजनाहरु बारे प्रकाश पारेका थिए ।

Categorized in उपत्यका
ppp 2