STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा विधेयकमा मेयर बालेनको पनि असहमति, तर विद्यालय बन्द गरे कारबाही गरिने

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ३, बुधबार

काठमाडौं - कामठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शिक्षकहरुको सरकारले ल्याएको शिक्षा विधेयकमा शिक्षकहरुसँगै आफ्नो पनि असहमति रहेको बताएका छन् ।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकविरुद्ध शिक्षकहरुले माइतीघरमा आन्दोलन चर्काइरहेको बेला मेयर शाहले विधेयकमा आफ्नो पनि असहमति रहेपनि शिक्षकहरुले विद्यालय बन्द गर्ने सवालमा असहमति जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंको शिक्षा नीति र जुम्लाको नीति र आवश्यकता फरक रहेको औँल्याउँदै शिक्षा विेधेयकमा असहमति जनाएका छन् । उनका अुनसार लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक स्थानीय मातहतमा छन्।

तर, संघीय संसद्मा दर्ता भएको संविधानको बर्खिलाप भएको पनि उनले बताएका छनु । उनले संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।

यद्यपि, विधेयकप्रति आफ्नो पनि असहमति रहँदा रहँदै शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध पुर्याउन नहुने उनको भनाइ छ । साथै, त्यस्तो अवरोध पुराउनेलार्इ कानुन (संविधान) अनुसार कारबाही हुने पनि उनले बताएका छन्।

 

 

Categorized in शिक्षा