STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरमा उदाहरणीय कार्यक्रम : क्यारिअर टक–शिक्षा अभिमुखीकरण

Janjati Khabar – LALENDRA SHAKYA | २०८० आषाढ १२, मंगलबार

कीर्तिपुर/कीर्तिपुर नगर पालिका १० वडा कार्यालयको सहकार्यमा कीर्तिपुर नगरपालिका १० वडास्थित तःननी दाफा खलःको आयोजनामा तथा १० वडाकै सनस्टार क्लब र द लोकल्स किपूको सह–आयोजनामा एसईई तथा प्लस टु परीक्षा दिइबसेका विद्यार्थीहरु लक्षित कार्यक्रम क्यारिअर टक २०८० शिक्षा अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । असार ९ गते शनिबार कीर्तिपुर ९ वडा नयाँबजार पांगा जाने दोबाटोस्थित कृष्ण क्याटरिबको हलमा भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको प्रमुख सौजन्यको रुपमा एसियन कलेज रहेको थियो भने सह–सौजन्यको रुपमा ल्याब एवं हिकास्ट रहेको थियो । त्यस्तै उक्त कार्यक्रमको लागि शहिद स्मारक कलेज, मंगल उच्च माध्यमिक विद्यालय एवं जनाधार बहुमुखी कलेजको पनि सहभागिता रहेको थियो ।

कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको उक्त कार्यक्रम आयोजक संस्था तःननी दाफा खलःका अध्यक्ष दिलीप कुमार महर्जनको सभापतित्वमा संचालन भएको थियो ।

कार्यक्रमका सह–आयोजक द लोकल्स किपूका अध्यक्ष निर्जला महर्जनले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा वक्ताहरुले स्थानीय रुपमा स्थापित विभिन्न क्षेत्रका युवा व्यक्तित्वहरुबाट आफ्ना सफलताका निम्ति गरेका संघर्ष, भोगाई, अनुभव, भविष्यको विषयमा एसईई र प्लस टु परीक्षा दिईबसेका विद्यार्थी भाईबहिनीहरुलाई राय सुझाबसहित मन्तव्य राखेका थिए ।

उक्त क्यारिअर टक २०८० कार्यक्रममा शिक्षा मन्त्रालयकी उपसचिव मनीषा महर्जन, इपिग्राफिष्ट भरत महर्जन, डान्सर भरतनाट्यम स्वजन रघुवंशी, संगीतकर्मी पुष्प पलाञ्चोके, सिभिल इन्जीनियर रोशन सिंह महर्जन, आइटी सेक्टरका सुशान्त महर्जन, थिएटर कलाकार मनोज महर्जन, यूट्युबर आशुतोष बाराहीले आ–आफ्ना अनुभव र धारणाहरु राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले एसईई तथा प्लस टु परीक्षा दिई बसेका विद्यार्थी भाईबहिनीहरुलाई सल्लाह सुझाबको रुपमा विभिन्न सकारात्मक कुराहरु राखेका थिए भने उहाँहरुले आफ्नो रुचि अनुसारको पढाई गर्नुपर्नेमा जोड दिदैं आफ्नो रुचि अनुसारको पढाई गरेको खण्डमा लक्ष्य प्राप्त हुने धारणा राखेका थिए । त्यस्तै, वक्ताहरुले प्लस टु र एसईई परीक्षा दिई बसेका विद्यार्थीहरुलाई केन्द्रीत गर्दै पढाईमा टप हुँदैमा साइन्स नै पढ्नु पर्ने बाटोमा होमिनु नहुने, आफ्नो रुचि आफ्नो passion मा ध्यान केन्द्रीत भई लागेमा सफलता हासिल हुने जानकारी पनि दिएका थिए ।

कार्यक्रममा वक्ताहरुले पहिलो प्राथमिकता अध्ययन एवं पढाई हुनुपर्ने धारणा राख्दै विद्यार्थीहरुलाई अवसरको ढोका थुप्रै आउनेतिर पनि ध्यानाकर्षण गरेका थिए ।

तःननी दाफा खलः तथा सनस्टार क्लब एवं द लोकल्स किपूले एसईई र प्लस टु परीक्षा दिइै बसेका विद्यार्थी भाईबहिनीहरुमाँझ अन्यौलता छाइरहेको उतारचढावका दिमागी परिस्थितिलाई ‘ब्रेन वास’को रुपमा उक्त क्यारिअर टक–शिक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको एक उदाहरणीय एवं उल्लेखनीय कार्यक्रमको रुपमा सावित भएको छ । उक्त क्यारिअर टक २०८० कार्यक्रमले ती विद्यार्थी भाईबहिनीहरुको अध्ययन, पढाई, भविष्य तथा सफलताको बाटो रोज्न सहयोगी पाइलाको रुपमा सहकार्य गरेको छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।

Categorized in शिक्षा