STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कक्षा १२ को नतिजा सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३०, मंगलबार

 

काठमाडौं - कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठकपश्चात् परीक्षाफल सार्वजनिक भएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए । उनका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ४९.०९ प्रतिशत भने नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।

यो नतिजा गत वर्षको भन्दा ३ प्रतिशतले सुधार भएको हो ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

परीक्षामा करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी थिए भने एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Categorized in शिक्षा