STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

कक्षा–१२ को परीक्षा नसर्ने : बोर्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख ९, मंगलबार

काठमाडौं - कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।

“परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,” परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । 

शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ ।

महासंघले कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ । 

Categorized in शिक्षा