
पेट्सान कीर्तिपुरको वार्षिक सभा सम्पन्न
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ जेठ ४, आइतबार

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (Public Educational Trust School's Association Nepal, PETSAN) को दक्षिण भेगीय संघको प्रथम वार्षिक सभा सिन्धुपाल्चोक अवस्थित भोटेकोशी बिच रिसोर्टमा बैशाख २८ गते, सोमबार सम्पन्न भयो ।
कीर्तिपुरकै विद्यालयहरू हिलटाउन मा.वि.का तात्कालीन प्रधानाध्यापक रमेश महर्जन र पाँगा मा.वि.का तात्कालीन प्रधानाध्यापक रमेशमान महर्जनको अगुवाईमा नेपालकै सार्वजनिक शैक्षिक गैठी विद्यालय संघको वि.सं. २०६६ सालमा स्थापना भएको हो । यस अन्तर्गत कीर्तिपुर शाखा अन्तर्गत हाल हिलटाउन मा.वि, राराहिल स्कुल, पाँगा मा.वि. र नेपाल ए.पि.एफ. गरी चारवटा विद्यालयहरू रहेका छन् । यी विद्यालयहरूका गुठीयारहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, निर्देशक, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, इन्चार्जहरू तथा प्रतिनिधि शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा उक्त वार्षिक सभा सम्पन्न भएको थियो ।
पाँगा मा.वि.का निर्देशक रमेशमान महर्जनको सभापतित्वमा सम्पन्न उक्त वार्षिक सभा हिलटाउन मा.वि.का प्रिन्सिपल राजन तण्डुकारले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा पाँगा मा.वि.का प्रधानाध्यापक श्यामसुन्दर महर्जनले स्वागत मन्तब्य राख्नुभएको थियो भने मन्तव्यका क्रममा उहाँले उक्त ऐतिहासिक सभामा केन्द्रीय पेट्सानको स्थापना नै यस क्षेत्रका अग्रज शिक्षाप्रेमीहरूको अगुवाइमा भएकोमा गर्व गर्दै आगामी दिनमा कीर्तिपुर शाखामा छिमेकी नगरपालिकाका सार्वजनिक विद्यालयहरूलाई समेत सामेल गराई सामुहिक गतिविधिहरू सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा राराहिल स्कूलका प्रिन्सिपल जगतबहादुर महर्जनले पेट्सान केन्द्रीय समितिले यस प्रकृतिका विद्यालयहरूको प्रवद्र्धनका लागि राष्ट्रिय स्तरमा गर्दै आएको कृयाकलापबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महर्जनले केन्द्रीयस्तरबाट सार्वजनिक शैक्षिक गुठीका विद्यालयहरूको सर्वोपरी हितका लागि सम्बन्धित सरकारी निकायहरूमा नीति, निर्माण, सहयोग र विकास प्रवद्र्धनका लागि निरन्तर लागिपरेको जानकारी गराएको थियो ।
पेट्सान केन्द्रीय महासचिवसमेत रहेका जगतबहादुर महर्जनले केन्द्रीयस्तरमा पेट्सान अन्तर्गतका विद्यालयहरूको एस.ई.ई. तयारी परीक्षा सञ्चालन, विषयगत शिक्षक तालिम, विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिताका आयोजना समेत गर्दै आएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा कीर्तिपुर शाखा अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समेत जानकारी दिदैमहर्जनले आगामी दिनमा गरिने विविध कार्यक्रमहरूको प्रस्तावित योजना समेत प्रस्तुत गर्नुभएको थियो ।
सभामा राराहिल स्कुलका संस्थापक गुठियार एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनले यस संघको गतिविधिहरूलाई जनमानसमा अझ व्यापक बनाइनुपर्ने तथ्यलाई जोड दिनुभएको थियो । साथै उहाँले गुणस्तरीय पठनपाठनमा ध्यान दिँदै अन्य प्रकृतिका शेक्षिक संस्थासँग प्रतिस्पर्धा गर्दै उन्नतितर्फ लाग्नु पर्ने विचार व्यक्त गर्नुभएको थियो ।
पाँगा मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. श्री नन्दबहादुर महर्जनले अन्य उत्कृष्ट विद्यालयहरूले अवलम्बन गर्दै आएको गतिविधिहरूबाट सिक्दै विद्यालयको पठनपाठन स्तरीय बनाउन सघाउ पुग्नेविचार व्यक्त गर्दै यसको लागि सम्बन्धित सदस्य विद्यालयका शिक्षकहरुको गोलमेच सम्मेलन गर्दै आफ्नो अनुभव साटासाट गरी अघि बढ्न प्रेरणा पनि दिनुभएको थियो ।
कीर्तिपुर नगरपालिकाका पूर्व नगरप्रमुख एवम् केन्द्रीय पेट्सानका वरिष्ठ उपाध्यक्षसमेत रहेका, हिलटाउन मा.वि.का निर्देशक रमशे महर्जनले यस्ता गैरनाफामुखी विद्यालयहरुको सामुहिक उत्थानका लागि आफ्नो कार्यकालमा विशेष महत्व दिई निश्चित बजेट समेतको व्यवस्था गरेका स्मरण गर्नु भई यी प्रकृतिका विद्यालयको समृद्धिका लागि स्थानीय निकाय, प्रदेशीय तथा केन्द्रीय स्तरसम्म निरन्तर आवाज उठाउनु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले शैक्षिक उन्ननयका लागि आपसी समझदारी, सद्भाव कायम राख्दै स्वस्थ प्रतिस्पर्धा महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
यसै कार्यक्रममा कीर्तिपुर पेट्सानको नयाँ कार्यसमिति गठन भएको व्यहोरा अनुमोदन गरिएको उक्त कार्यक्रममा कीर्तिपुर पेट्सान कार्य समितिमा जगतबहादुर महर्जन संयोजक रहनु भएको छ भनेश्यामसुन्दर महर्जन कोषाध्यक्ष, युवराज पराजुली सचिव, राजन तण्डुकार बरिष्ठ सदस्य रहनु भएको छ । यस्तै, सल्लाहकारहरुमा रमेशमान महर्जन, रमेश महर्जन र नारायण महर्जन रहनु भएको छ ।
कार्यक्रमका सभापित एवं कीर्तिपुर नगरपालिकाका पूर्व उपप्रमुख रमेशमान महर्जनले यो ऐतिहासिक एवम् महत्वपूर्ण सभा भव्यताकासाथ सफल भएकोमा अन्त्यत गर्व लागेको कुरा व्यक्त गर्नुभई आगामी दिनहरुमा यस संघ अझ सशक्त ढंगले अघि बढ्नेमा आफू विश्वस्त रहेको जानकारी गराउँनु भएको थियो । उहाँले नयाँ कार्यसमितिले प्रस्तुत कार्ययोजना र प्राप्त सल्लाह सुझावलाई कार्यान्वयन गदै जानुपर्ने विचार व्यक्त गर्नुभई अन्तमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउनु हुने र उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सभा विर्सजन गर्नुभएको थियो ।
Categorized in शिक्षा