STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७९ जेठ ३०, सोमबार

    बजारमा विषादीबाट पकाइएका आँप

    काठमाडौं - मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको...

  • २०७९ जेठ २९, आइतबार

    चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढ्यो

      काठमाडौं - प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो । नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ । चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका छन् । अहिले चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएपछि व्यापारीले फरक फरक मूल्यमा चिनी...

  • २०७९ जेठ २८, शनिबार

    मेगा र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिने

    काठमाडौं - मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे...

  • २०७९ जेठ २६, बिहिबार

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलमा ८ तथा मट्टितेल र डिजेलमा १२ रूपैयाँ बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।  नेपाल आयल निगमले मूल्य बढाएको हो । पेट्रोलमा लिटरको आठ रुपैयाँ तथा मट्टितेल र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ मूल्य बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ भएकोबाट अब १७८ रूपैयाँ भएको छ ।  यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएकोबाट अब १६५ भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो । यसअघि सरकारले इन्धनमा लाग्दै...

  • २०७९ जेठ १९, बिहिबार

    पेट्रोल, डिजेल र मट्टितेलमा १० रूपैयाँ घट्याे

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।  सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरिएको निगमका नायाव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।  नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ भएको छ । यसअघि १८० रुपैयाँ प्रतिलिटर थियो । यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ...

  • २०७९ जेठ १८, बुधबार

    पेट्रोलको बढेको भाउसहित भारतले पठायो इन्धनको नयाँ मूल्यसूची

    काठमाडौं - भारतले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । बुधबार भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको निगमका एक अधिकारीले जानकारी दिए । उनका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसाले मूल्य बढेर आएको छ । यस्तै मट्टितेलमा प्रतिलिटर पनि ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । ग्यासमा...

  • २०७९ जेठ १६, सोमबार

    बजेटका २० नारा र अभियान

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको टिप्पणी गरिएको छ । सरकारको बजेटमा आगामी आव आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने उल्लेख गरिएको छ...

  • २०७९ जेठ १६, सोमबार

    बजेटका पाँच उद्देश्य, १० प्राथमिकता

    काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आज प्रस्तुत गर्नुभएको बजेटमा स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखिएको छ । उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दीगो आर्थिक वृद्धि हासिल गर्ने, उपलब्ध प्राकृतिक...

  • २०७९ जेठ १५, आइतबार

    अब ६८ वर्षमै वृद्धभत्ता पाइने, देशैभरका विद्यालयमा प्राविधिक शिक्षा

    काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ६८ वर्षमै वृद्ध भत्ता दिने घोषणा गरेका हुन् । यसअघि, ७० वर्ष पुगेका जेष्ठ नागरिकले वृद्धा भत्ता पाउँदै आएका थिए । यद्यपी, सरकारले वृद्धा भत्ताको रकम भने बढाएको छैन । हाल मासिक ४ हजार रुपैयाँ वृद्धा...

  • २०७९ जेठ १५, आइतबार

    १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत, कर्मचारीकाे तलब १५ प्रतिशत वृद्धि

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका हुन् । कर्मचारीकाे तलब १५ प्रतिशत वृद्धि  सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको...

  • २०७९ जेठ १५, आइतबार

    आज ४ बजे आगामी वर्षको बजेट प्रस्तुत हुने

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । यस अघि अर्थमन्त्री जनार्दन शर्माले...

  • २०७९ जेठ १४, शनिबार

    पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग

    काठमाडौं - संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी सङ्गठनको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मकरूपमा लिएको र तत्काल कार्यान्वयन...

Pages