STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७८ फाल्गुण २५, बुधबार

    इन्धन खपत घटाउन जोरबिजोर - संसदीय समिति

    काठमाडौं - इन्धनको मूल्यमा भएको वृद्धिले अर्थतन्त्र नै संकटमा पर्न सक्ने भन्दै संसदीय समितिले इन्धनको खपत घटाउने उपाय निकाल्न सरकारलाई निर्देशन दिएको छ । रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि आयल निगमले पनि हालै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य अझै बढ्ने सम्भावना देखिएपछि प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम...

  • २०७८ फाल्गुण २४, मंगलबार

    डलरको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं - डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसको अर्थ नेपाली रुपैयाँ थप कमजोर भएको छ । कच्चा पदार्थको मूल्यवृद्धि तथा तयारी वस्तुको ढुवानी तथा मूल्यवृद्धिका कारण नेपालजस्ता मुलुकको अर्थतन्त्रमा चुनौती थियाे । यही बेला डलरको मूल्य पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेपछि चुनाैती थपिएकाे विज्ञहरूले बताएका छन् । डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र थप समस्यामा पर्न सक्ने अर्थविद्हरूकाे...

  • २०७८ फाल्गुण २२, आइतबार

    सुन ताेलाकाे लाख नाघ्याे

    काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।  आज चाँदीको मूल्य...

  • २०७८ फाल्गुण २१, शनिबार

    आन्तरिक हवाई भाडा बढ्यो

    काठमाडौं - आन्तरिक हवाई उडानको भाडा वृद्धि भएको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    पेट्रोल, डिजेल र मट्टीतेलमा ५/५ रुपैयाँ बढ्याे

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ ।  खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै हवाइ इन्धनको मूल्य पनि बढाइएको छ । निगमले पछिल्लोपटक पेट्रोलमा ३...

  • २०७८ फाल्गुण १८, बुधबार

    युक्रेन-रसिया युद्धको असर : कच्चा तेलको मूल्य अकासियो

    काठमाडौं । युक्रेन र रसिया बीचको युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा पनि देखा परेको छ । मंगलबार एकैदिन झण्डै चार प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको आयाल प्राइस डटकमले जनाएको छ । मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य...

  • २०७८ फाल्गुण १८, बुधबार

    राष्ट्र बैंकले घटायो आन्तरिक विप्रेषणको सीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा आज एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो...

  • २०७८ फाल्गुण १२, बिहिबार

    सुन प्रतितोला रु ९९ हजार

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा...

  • २०७८ फाल्गुण ७, शनिबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १४५, डिजेल र मट्टितेल १२८

    फागुन ७, काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ । अब पेट्रोलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य...

  • २०७८ फाल्गुण ५, बिहिबार

    भारतले आयल निगमलाई पठायो मूल्य वृद्धिको नयाँ सूची

    फागुन ५, काठमाडौं - भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँदा नेपालमा नेपाल आयल निगमलाई घाटा हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष असर नेपाल आयल निगममा पर्ने देखिएको हो । निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको जनाएको छ । सो अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य...

  • २०७८ माघ २७, बिहिबार

    होटल याक एण्ड यती सञ्चालन नगर्न निर्देशन जारी

    माघ २७, काठमाडौं - पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । पटक–पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै...

  • २०७८ माघ २२, शनिबार

    विद्युतीय कारोबारमा ठगीका गुनासा बढे

    माघ २२, काठमाडौं (रासस) - पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम...

Pages