STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७९ श्रावण १, आइतबार

    भारतबाट घटेर आयो पेट्रोलियम पद्धार्थको मूल्य, नेपालमा तत्काल मूल्य नघट्ने

    काठमाडौं - इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि शनिबार नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य...

  • २०७९ आषाढ ३१, शुक्रबार

    विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

    काठमाडौं - देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ ।  उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको हो । दैनिक रु ७३ लाखभन्दा...

  • २०७९ आषाढ २७, सोमबार

    नेपालबाट पहिलोपटक सिमेन्ट निर्यात

    काठमाडौं – नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल – ७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन तानसेन सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ। शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो...

  • २०७९ आषाढ २०, सोमबार

    सवारीसाधनमा जोरबिजोर र पेट्रोलमा काेटा लागू गर्न आयल निगमको सिफारिस

    काठमाडौं - नेपाल आयल निगमले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । पेट्रोलको खपत घटाउन र निगमको घाटा कम गर्न भन्दै निगमले तत्कालका लागि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको हो । विदेशी विनिमयको सञ्चिति पनि निरन्तर घट्दो क्रममा रहेको र घाटा पनि बढिरहेपछि आयल निगमका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति सचिव गणेश पाण्डेले आयल निगमलाई लिखित सुझाव दिन गरेको...

  • २०७९ आषाढ २०, सोमबार

    चार महिनापछि सिंहदरबार वैद्यखानाबाट उत्पादन सुरू

    काठमाडौँ - चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी...

  • २०७९ आषाढ १२, आइतबार

    आयल निगमले घटायो इन्धनको मूल्य

    काठमाडौं - सरकारको निर्णयअनुसार आयल निगमले इन्धनको मूल्य घटाएको छ । सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएपछि शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएर १७९ रुपैयाँ बनाइएको छ भने डिजेल र मट्टितेलमा २९ रुपैयाँ प्रतिलिटर घटाएर १६३ रुपैयाँ बनाइएको छ...

  • २०७९ आषाढ ५, आइतबार

    पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो • पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रूपैयाँ

    काठमाडौ‍ं - सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको छ। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। हवाइ इन्धन (...

  • २०७९ आषाढ ३, शुक्रबार

    अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि भक्तपुरमा कार्यक्रम

    अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आफ्नो विचार राख्दै  भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यावसायिक क्षमता अभिवृद्धि गरी बस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको लागि यस्तो...

  • २०७९ आषाढ २, बिहिबार

    ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता

    काठमाडौँ - ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटेल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुवै बैंकबिच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ...

  • २०७९ आषाढ २, बिहिबार

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

  • २०७९ आषाढ १, बुधबार

    वर्गीकरण नभएका जग्गा कित्ताकाट नहुने, ऋण पनि नपाइने

    काठमाडौं -  सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ । भूमि...

  • २०७९ जेठ ३१, मंगलबार

    इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

    काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा...

Pages