STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि भक्तपुरमा कार्यक्रम

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ ३, शुक्रबार

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आफ्नो विचार राख्दै  भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले व्यावसायिक क्षमता अभिवृद्धि गरी बस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको लागि यस्तो कार्यक्रम गरेको बताउँदै यो  जेठ मसान्तदेखि असार ३ गतेसम्म हुने तालिममा २५ जना व्यवसायीहरु सहभागी रहेको बताए ।

चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ भने तालिम कार्यक्रम पश्चात् स्थानिय स्तरमा उत्पादित बस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुने कुरामा मानन्धर आफू आशावादी रहेको बताउँछन् ।

त्यस्तै, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके समग्र देशमा हुने बस्तु आयातको दर कम हुने बताए र अहिलेको अवस्थामा निर्यात भन्दा अयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गरे ।

तालिम कार्यक्रमलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले संयुक्तरुपमा गरेका छन् । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्यो, विष्णु भक्त मारिखु लगायतको उपस्थिति थियो ।

Categorized in बिजनेस