STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २, बिहिबार

काठमाडौँ - ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ ।

बिहीबार बिहान होटेल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुवै बैंकबिच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ ।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ।

Categorized in बिजनेस