बिजनेस
-
२०७९ माघ २०, शुक्रबार
मूल्य नपाएपछि चितवनका किसानले सडकमा फाले तरकारी
काठमाडौं - भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् । शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पान गरेको तरकारीले बजार मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । स्वदेश तरकारी उत्पादनलाई प्राथमिकता नदिएर भारतीय तरकारीको आयात गरिएपछि स्वदेशी किसान मारमा परेको...
-
२०७९ माघ १८, बुधबार
कामना सेवा विकास बैंकका सिईओ पक्राउ
काठमाडौं - कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिईओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । उनीहरुमाथि सुरुमा कामना सेवा विकास बैंकले नै अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि...
-
२०७९ माघ १८, बुधबार
भारतबाट बढेर आयाे इन्धनको मूल्य
काठमाडौं - भारतीय आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । नेपाल आयल निगमका अनुसार मंगलबार (आज) साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो । नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ । त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो । उता खाना पकाउने...
-
२०७९ माघ १८, बुधबार
अन्तरबैंक एटिएम शुक्ल अब १५ रूपैयाँ
काठमाडौं - एउटा बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो । बैंक तथा...
-
२०७९ माघ १७, मंगलबार
चर्को ब्याजदरबिरुद्ध सडकमा व्यवसायी
काठमाडौँ - बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । आज नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलनमा व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका हुन् । उनीहरुले बैंकको चर्को ब्याजदरका कारण...
-
२०७९ माघ १२, बिहिबार
होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क अब लिन नपाउने
काठमाडौं - सर्वोच्च अदालतको आदेशसँगै अब होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने भएका छन् । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। २०७५ जेठ २३ मा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले होटेल, रेष्टुरेन्टहरुले लिँदै...
-
२०७९ माघ १२, बिहिबार
'पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण गरे कारबाही'
नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी...
-
२०७९ माघ ६, शुक्रबार
प्रधानन्यायाधीशको मासिक तलब १ लाख बढी
काठमाडौं - सरकारले प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतको न्यायाधीशको गत साउन १ गतेदेखि लागू भएको सूचना जारी गरेको छ । माघ ५ गते अर्थ मन्त्रालयले नेपाल राजत्रमा सूचना जारी गर्दै प्रधान्याधीश तथा सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको वृद्धि भएको सूचना प्रकाशित गरेको हो । जारी राजपत्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला...
-
२०७९ माघ ४, बुधबार
आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही
काठमाडौं - नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ ।...
-
२०७९ पौष २५, सोमबार
पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घट्यो
काठमाडौं - नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ। निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको हो। यसअघि पेट्रोलको भाउ १७८ र डिजेल तथा मट्टितेलको भाउ १७५ रुपैयाँ...
-
२०७९ पौष २१, बिहिबार
प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री...
-
२०७९ पौष २०, बुधबार
चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता
काठमाडाैं - डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो । उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो । मूल्य...


