STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७८ चैत्र २२, मंगलबार

    अर्थमन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाहको उद्घाटन

    काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत् समुन्द्रसम्म जोडिएको बताएका छन् । मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत् बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् । उनले अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँने बताए । मन्त्री शर्माले सुख्खा बन्दरगाह...

  • २०७८ चैत्र १९, शनिबार

    कमिशन नबढाएकाे निहुँमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प, पेट्रोलपम्पमा लाइन

    काठमाडौं - नेपाल आयल निगमले आन्दोलन स्थगित गर्न राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ ।  निगमले शुक्रबार विज्ञप्ति जारी गरी निगमका कार्यकारी निर्देशक र पदाधिकारी अहिले सम्झौता नवीकरणका लागि भारतमा रहेको पनि जनाएको छ । कार्यकारी निर्देशकसहितका पदाधिकारी आएपछि पेट्रोलियम विक्रेता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग सङ्घका माग सम्बन्धमा...

  • २०७८ चैत्र १६, बुधबार

    हप्तामा २ दिन बिदा र जोर/बिजोर लागू गर्न निगमको आग्रह

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र सवारी साधनमा जोररबिजोर प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर तेलको खपत घटाउन सरकारसँग माग गरेको हो । मङ्गलवार न्युज एजेन्सी...

  • २०७८ चैत्र ११, शुक्रबार

    बढ्यो सुनको मूल्य

    सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले...

  • २०७८ चैत्र २, बुधबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने...

  • २०७८ फाल्गुण २९, आइतबार

    सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८००

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो...

  • २०७८ फाल्गुण २७, शुक्रबार

    एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने

    काठमाडौं - सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गर्दै एउटा कम्पनीले एक पटकमा ५ वटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्बसम्म पुर्‍याइएको हो । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११औं पटक...

  • २०७८ फाल्गुण २५, बुधबार

    इन्धन खपत घटाउन जोरबिजोर - संसदीय समिति

    काठमाडौं - इन्धनको मूल्यमा भएको वृद्धिले अर्थतन्त्र नै संकटमा पर्न सक्ने भन्दै संसदीय समितिले इन्धनको खपत घटाउने उपाय निकाल्न सरकारलाई निर्देशन दिएको छ । रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि आयल निगमले पनि हालै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य अझै बढ्ने सम्भावना देखिएपछि प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम...

  • २०७८ फाल्गुण २४, मंगलबार

    डलरको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं - डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसको अर्थ नेपाली रुपैयाँ थप कमजोर भएको छ । कच्चा पदार्थको मूल्यवृद्धि तथा तयारी वस्तुको ढुवानी तथा मूल्यवृद्धिका कारण नेपालजस्ता मुलुकको अर्थतन्त्रमा चुनौती थियाे । यही बेला डलरको मूल्य पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेपछि चुनाैती थपिएकाे विज्ञहरूले बताएका छन् । डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र थप समस्यामा पर्न सक्ने अर्थविद्हरूकाे...

  • २०७८ फाल्गुण २२, आइतबार

    सुन ताेलाकाे लाख नाघ्याे

    काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।  आज चाँदीको मूल्य...

  • २०७८ फाल्गुण २१, शनिबार

    आन्तरिक हवाई भाडा बढ्यो

    काठमाडौं - आन्तरिक हवाई उडानको भाडा वृद्धि भएको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    पेट्रोल, डिजेल र मट्टीतेलमा ५/५ रुपैयाँ बढ्याे

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ ।  खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै हवाइ इन्धनको मूल्य पनि बढाइएको छ । निगमले पछिल्लोपटक पेट्रोलमा ३...

Pages