STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानन्यायाधीशको मासिक तलब १ लाख बढी

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ६, शुक्रबार

 

काठमाडौं - सरकारले प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतको न्यायाधीशको गत साउन १ गतेदेखि लागू भएको सूचना जारी गरेको छ ।

माघ ५ गते अर्थ मन्त्रालयले नेपाल राजत्रमा सूचना जारी गर्दै प्रधान्याधीश तथा सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको वृद्धि भएको सूचना प्रकाशित गरेको हो ।

जारी राजपत्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्याधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ताको तलमबमान निर्धारण गरिएको छ ।

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नयाँ तलबमान पनि कायम गरेको जारी राजपत्रमा उल्लेख छ ।

जारी राजपत्रमा उल्लेखको भएको नयाँ तलबमानअनुसार सूचना १ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २९३ र न्यायाधीशको ८५ हजार ४३ रुपैयाँ कायम गरिएको छ ।

जारी राजपत्रको सूचना २ मा उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७, उच्च अदालतका न्यायाधीशको ७६ हजार ४८३ र जिल्ला अदालतका न्यायाधीशको ६४ हजार ८९४ रहेको छ । साथै, सूचना ३ मा महान्याधिवक्ताको मासिक तलब ८५ हजार ४३ कायम गरिएको छ ।

जारी सूचना ४ मा न्याय परिषद्का सदस्यको तलब ८५ हजार ४३ (सर्वाेच्च अदालतको न्यायाधीशसरह), राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ७९ हजार ३८५ र सदस्यको तलब ७७ हजार ६६० कायम गरिएको छ ।

यस्तै, संवैधानिक निकायका प्रमुख पदाधिकारीको ८० हजार ७०७ र पदाधिकारीको ७६ हजार ३८३ कायम गरिएको छ। संघीय संसदका महासचिवको ७७ हजार २११ र सचिवको ७२ हजार ८२ कायम छ ।

राष्ट्रिय सूचनाआयोगका प्रमुख सूचना आयुक्तको ८० हजार ७०७ र सूचना आयुक्तको ७८ हजार ३८३ कायम गरिएको राजपत्रमा उल्लेख छ ।

Categorized in बिजनेस