STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सवारीसाधनमा जोरबिजोर र पेट्रोलमा काेटा लागू गर्न आयल निगमको सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार

काठमाडौं - नेपाल आयल निगमले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । पेट्रोलको खपत घटाउन र निगमको घाटा कम गर्न भन्दै निगमले तत्कालका लागि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको हो ।

विदेशी विनिमयको सञ्चिति पनि निरन्तर घट्दो क्रममा रहेको र घाटा पनि बढिरहेपछि आयल निगमका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति सचिव गणेश पाण्डेले आयल निगमलाई लिखित सुझाव दिन गरेको आग्रहअनुसार निगमले सुझाव पठाएको हो । 

निगमका अनुसार अहिले मोटरसाइकलमा ५ लिटर र कारमा २० लिटरको कोटा तोक्न पनि सिफारिस गरिएको छ । सरकालाई पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल राष्ट्र बैंकले समेत सुझाव दिएको थियो ।

यसअघि तीन महिनाअघि गत चैतमा पनि आयल निगमले सरकारलाई पेट्रोलियम पदार्थको खपत कम गर्न सुझाव दिएको थियो । 

त्यतिबेला आयल निगमले सातामा दुई दिन बिदा दिने प्रस्ताव गरेकोमा सोहीअनुसार सरकारले दुई महिना सातामा दुई दिन बिदा दिएको थियो । तर, अपेक्षित खपत नभएको र सेवा प्रवाहमा समस्या भएको भन्दै सरकारले आइतबारको बिदा कटौति गरिसकेको छ । 

Categorized in बिजनेस